ओमानबाट सातौं उडानमार्फत १७५ नेपाली स्वेदश फर्किए « Khabarhub

ओमानबाट सातौं उडानमार्फत १७५ नेपाली स्वेदश फर्किए



दोहा – ओमानमा कोभिड-१९ को महामारीको कारण सिर्जित विषम् परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएकामध्ये आज सातौं उडान मार्फत १७५ नेपाली स्वदेश फर्किएका छन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४६ महिलासहित १२९ जना पुरूष नेपाल फर्किएका छन् । योसँगै ओमानबाट स्वदेश फर्किने नेपालीको संख्या ११७८ पुगेको दूतावासले जनाएको छ ।

आज सातौँ उडानमार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साथै, ओमानको सर्वोच्च समितिको निर्णय अनुसार आगामी अक्टोवर १ देखि ओमानको अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबीच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने र सोही उडानहरूबाट पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पूरा गरी सहज रूपमा नेपाल फर्किन सकिने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ०० बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु