युवकले धारिलो हतियार प्रयोग गरी गरे आक्रमण, तीन गम्भीर घाइते | Khabarhub Khabarhub

युवकले धारिलो हतियार प्रयोग गरी गरे आक्रमण, तीन गम्भीर घाइते


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौँ लगिएको छ ।

टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

काठमाडौँबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका स्थानमा बस्दै आज दिउँसो मात्र याम्फुदिनमा आइपुगेको वडाअध्यक्ष टसी भोटेले जानकारी दिए ।

“हेलिकप्टर झिकायौं । हिजो विहानैदेखि मौसम राम्रो थिएन । घाइतेलाई बोकेर कतै लैजाने अवस्था पनि नदेखिए पछि हेलिकप्टरकै भरमा थियौँ । बिहानै काठमाडौँबाट उडेको हेलिकप्टर मौसम अनुकूल नहुँदा ठाउँठाउँमा बस्दै आज आयो र घाइतेलाई लिएर फर्कियो” उनले भने ।

बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पालाई बिहीबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घर नजिकैको पराल राख्ने खोल्माबाट लाक्पालाई पक्राउ गरेको उनले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैराखेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : १५ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र