विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर « Khabarhub

विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १९५ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७३६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख ६३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ८१ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४९ हजार ११३ जनाको मृत्यु भएको छ । ८१ लाख ९४ हजार ३१९ जना संक्रमित भएकोमा ३४ लाख २६ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २५ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा