कुवेतमा भारतीयले गरे नेपाली महिलाको हत्या « Khabarhub

कुवेतमा भारतीयले गरे नेपाली महिलाको हत्या



दोहा- कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् ।

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

अपार्टमेन्टमा महिला मृत भेटिएको जानकारीपछि अनुसन्धानका लागि पुगेको प्यारामेडिकल टिमसहित पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको घाटी थिची हत्या भएको निष्कर्ष निकालेको छ । ती महिलाको हत्या आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको पाएपछि हत्या गरेको जनाएको प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले दुबैको परिचय खुलाएको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : २० बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन