दशैँको खानपानले स्वास्थ्यमा समस्या देखिए के गर्ने ? « Khabarhub

दशैँको खानपानले स्वास्थ्यमा समस्या देखिए के गर्ने ?


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना संक्रमणकै बीच हामी नेपालीहरुको महान पर्व दशैँको माहौलमा छौँ । चाडपर्वको समयमा मानिसहरुको दैनिकी परिवर्तन हुन्छ । सधै काममा व्यस्त हुनेहरु यो समयमा घरमा परिवारसँग रमाइलो गरेर विभिन्न परिकारहरु खाएर बस्छन् ।

दशैँको विशेष परिकारको रुपमा मासुलाई नै लिने गरिन्छ । दशैँमा आफन्त र परिवार, साथीभाइ जसको घरमा पनि मासु नै पाक्छ । आफ्नो आउनेहरुलाई सबैले मासु खान कर गर्छन् ।

मानिसहरु पनि दशैँ त हो भन्दै मासु धेरै खाने गर्छन् । थोरै थोरै खादा पनि अन्य समयमा भन्दा चाडबाडको खानपान अलि बढि नै हुन्छ । तर काम नगरिकन चाडवाड त हो भनेर खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर पर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘बिग्रिएको मासु वा धेरै मासु खादा अपच भयो भने स्वास्थ्यलाई असर पर्छ, रक्तचाप बढेको महसुस भयो, चक्कर लागेको जस्तो महसुस भयो भने धेरै मासु मात्र खानु हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘मधुमेह, उच्च रक्तचापका बिरामी हुनुहुन्छ भने मासु कम खानुपर्छ । मासुमा प्रोटिन र बोसोको मात्रा बढी हुने भएकाले खाना खाँदा अन्य अन्न, फाइवर भएको खानेकुरा, टुसा उमारेको गेडागुडी, दही, तामा खाने गर्नुपर्छ ।’

चाडपर्वको समयमा अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु नहुन सक्छन् । यस्तै घर बाहिर निस्किदा कोरोना संक्रमणको जोखिम पनि छ । दशैँको समयमा खानपिनको मात्रा नमिल्दा पेट दुख्ने, झाडाबान्ता हुने टाउँको दुख्ने समस्या हुनसक्ने पोषणविद् उपाध्यायले बताए ।

अहिले कोरोना संक्रमणको समय भएकाले स्वास्थ्यमा समस्या आउन नदिन विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । दशैँको खानपानकै कारण हुने सामान्य स्वास्थ्य समस्यालाई घरेलु उपायले पनि ठिक पार्न सक्ने पोषणविद् उपाध्यायको भनाइ छ ।

दशैँको सममा स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

सामान्य टाउको दुख्दा खाने सिटामोला, जीवनजल, ब्यान्डेजहरु साथमा राख्ने । टाउको दुख्ने, पेट दुख्ने समस्या देखियो भने प्रयोग गर्ने ।

– बासी सडेगलेको खाना नखाने ।
– दशैँमा मासुसंगै प्रशस्त्र मात्रामा फलफुल र पानी खाने ।
– खानामा हरियो सागसब्जी अनिवार्य खाने ।
– यदि पेट दुख्ने, झाडा बान्दा भइहाल्यो भने जीवनजल पानी खाने ।
– कागती, बेसार अदुवा मिसाएर पानी उमालेर खाने ।
यी उपयहरु अपनाउदा पनि सामान्य स्वास्थ्य समस्या हुदा घरेलु उपचारबाट निको हुन सक्छ । यदि घरमै गरेको उपचारबाट ठिक भएन भने तत्कालै स्वास्थ्यसंस्थामा गएर चिकित्सकको परामर्श लिनुपर्ने पोषणविद् उपाध्यायको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : २९ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा