कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली « Khabarhub

कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली



दोहा- कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवा पारिश्रमिक बिना काम गर्न बाध्य भएका छन् । उनीहरूले ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

उनीहरू काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत विगत १७ महिना अघि कुवेत पुगेका थिए । कम्पनीले उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले खबरहबलाई बताए ।

उनले १५ जनामध्ये ४ जनालाई कम्पनीले बन्धकजस्तै बनाएर कोठामा राखेको बताएका छन् । कामदारलाई कम्पनीले एकै ठाउँ नराखी फरक फरक क्याम्पमा राखेको छ ।

‘कम्पनीले सुरुदेखि नै तलब समयम उपलब्ध गराएको थिएन, पछि झन् कोरोनाको कारणले बिजनेस नभएको भन्दै काम मात्र लगाउँछ, तलब दिँदैन,’ काठमाडौँका सुनिल तामाङले खबरहबसँग भने, ‘काम नगरे कुछट्न्, काम नगरे जे पनि हुन् सक्छ धम्क्याउने गरेका छन् ।’

कुवेतस्थित नेपाली दूतावासमा गुनासो गर्दा पनि खासै चासो नदिएको सुनिलको अरोप छ । उनले आफूहरूको उद्धारका लागि आग्रह गरेका छन् ।

कुवेतमा रहेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुनमगर मार्फत खबरहबको सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई पठाउने म्यानपावर कम्पनीलाई पनि समस्या जानकारी गराएको तर समाधान नभएको बुटवलका अनिलबहादुर सुनारले बताए ।

अनिलका अनुसार म्यानपावर कम्पनीले एकदुई दिनमा समाधान हुन्छ भन्दै झुक्याउनले गरेको छ ।

काम गरेको तलब नदिए पनि टिकट काट्ने पैसा र पासपोर्ट फिर्ता पाए आफूहरू स्वदेश फर्किन तयार रहेको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनी र दूतावासले उद्धारका लागि कुनै सहयोग नगरेको उनीहरूको आरोप छ ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्‍याइदिन विभिन्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । दशैँका कारण दूतावास र म्यानपावर बन्द रहेकोले सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ३७ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक