कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने « Khabarhub

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।

कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : ४५ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर