यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा | Khabarhub Khabarhub

यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसहरुको जीवनमा जति सुख हुन्छ त्यति नै दुःख पनि भईरहेको नै हुन्छ । त्यसैलो पनि होला सुख र दुःखलाई जीवनको साथी भनेर भन्ने गरिन्छ ।

सुख र दुःख भन्ने कुरा जीवनमा आउँने जाने क्रम भईनै रहन्छ । मानिसहरु जीवनमा सुखी छन् भने केहिको पनि परवाह राख्दैनन् तर दुःखी छन् भने हरेक उपायहरु खेज्न थाल्छन् । दुःख कटाउनको लागि उनीहरु दान धर्म पनि गर्न थाल्छन् ।
तर के तपाईलाई दान कुन बेला गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा छ रु भनिन्छ दान गर्ने कुनै समय हुँदैन ।

यो कुरा सत्य पनि किनभने पुण्य गर्न कुनै साइत हेरिरहनु पर्दैन । तर दान गर्ने समय भने पक्कै हुन्छ । कुन समयमा दान गर्दा धेरै पुण्य कमाइन्छ भन्ने बारे जान्नुपर्छ ।

किनभने गलत समयमा गलत दान गर्नाले हाम्रो स्वास्थ्य बिग्रन सक्छ । धर्मशास्त्रका अनुसार सूर्य अस्ताएपछि दान गर्ननहुने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

१. पैसा

हामीले सूर्य अस्ताएपछि दान गर्न हुँदैन भनेको कुरा सुनेका नै छौँ । साथै पैसा साँझमा दान गर्न नहुने भनेर भनेको पनि सुन्ने गरेको नै होलाउँ । साँझमा पैसा कसैलाई दिँदा घरकी लक्ष्मी वा श्री तथा यशहरु पैसासँगै जाने विश्वास गरिन्छ ।

२. लशुन तथा प्याज

सूर्य अस्ताएपछि लशुन तथा प्याज दान गर्नु हुँदैन । हिन्दु धर्म शास्त्रका अनुसार यसको सम्बन्ध केतु ग्रहसँग जोडिएको छ । केतु ग्रह नकारात्मक शक्तिहरुको स्वामी मानिन्छ । सूर्य अस्ताएपछि जादू टुनाहरु गर्ने बेला मान्ने भएको कारणले त्यो बेलामा लशुन तथा प्याज दान गर्न हुँदैन ।

३. हल्दी

ज्योतिष शास्त्रका अनुसार बिहिवारका दिन हल्दी कसैलाई दिनु हुँदैन । शास्त्रका अनुसार यदि गुरुवार हल्दी कसैलाई दान गर्यो अथवा दियो भने आफ्नो भाग्य कुणडलीको गुरुग्रह कमजोर हुन्छ । विहिबारका दिन हल्दी दान गर्नाले समस्याहरु बढ्दै जान्छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : १९ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको