काठमाडौँ उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ८ को मृत्यु  « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ८ को मृत्यु 


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका स‌क्रमितमध्ये ३५० महिला र पुरुष ४८५ रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ४१ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य