अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस « Khabarhub

अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेका छन् ।

सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् ।

‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाही अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको आरोप लगाइएको छ ।

‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन किर्तन गर्ने काममा मात्र तल्लिन हुन थाल्नुभयो । उहाँले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो’, विज्ञप्तिमा कारबाही गर्नुपर्ने कारणबारे खुलाइएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ४ : ५८ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर