२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ६०८ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा एक जना रेहेका छन् ।

यसैगरी प्रदेश २ को धनुषामा ४ जना, पर्सामा एक र बारामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २१२, काभ्रेमा ४, चितवनमा १८ ,दोलखामा ५ जना, धादिङमा ५ जना, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एक कोरोना संक्रमित थपिएका हुन ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा १८, गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा एक र स्याङ्जामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५ र रोल्पामा एक संक्रमित थपिएका छन् ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा एक, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा एक र सुर्खेतमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा १२, कंचनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीमा ४, दार्चुलामा एक र बझाङमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ४८ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको