२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ६०८ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा एक जना रेहेका छन् ।

यसैगरी प्रदेश २ को धनुषामा ४ जना, पर्सामा एक र बारामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २१२, काभ्रेमा ४, चितवनमा १८ ,दोलखामा ५ जना, धादिङमा ५ जना, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एक कोरोना संक्रमित थपिएका हुन ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा १८, गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा एक र स्याङ्जामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५ र रोल्पामा एक संक्रमित थपिएका छन् ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा एक, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा एक र सुर्खेतमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा १२, कंचनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीमा ४, दार्चुलामा एक र बझाङमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ४८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ