नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक « Khabarhub

नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताए ।

छिमेकी मुलुकमा महामारीको रुप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताए ।

केहीदिन अघि चीनबाट नेपाल आएका एक विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । उनले पशुपन्क्षीबाट कोरोना भाइरस सर्ने हुनाले मासु पकाउँदा राम्रोसँग पकाएर खानुपर्ने सुझाव दिए ।

कोरोना भाइरस पशुमा देखापर्ने भन्दै यो भाइसर मानिसमा देखा परेमा समस्या हुने डा पुनले बताए । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको पनि उनले जानकारी दिए ।

कोरोना भाईरसको लक्षणमा एक सय चार डिग्रीभन्दा बढी तापक्रम ज्वरो आउने, श्वासप्रस्वासमा समस्या हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखापर्ने पुनको भनाई छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको बताए ।

कोरोना भाइरस विशेषगरी पशुमा देखापर्ने उल्लेख गर्दै उनले नयाँ देखिएको भाइरसले चीनलगायत युरोप, अमेरीका, थाइल्याण्ड, ताइवान लगायतका देशमा देखिएको जानकारी दिए ।

कोरोना भाइरसको उपचार गर्न टेकु अस्पताल तयारी अवस्थामा रहेको उनको भनाई थियो । उनले टेकु अस्पतालले चीनबाट आएका विद्यार्थीकोपनि उपचार गरी पठाएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने बताए ।

कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय सक्षम रहेको उनको भनाई छ । उनले चीनसँगका नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिन थालेको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : १९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि