स्पेनिस ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना पराजित


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि पहिलो हार ब्यहोरेका छन् । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।

बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ३५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं