स्पेनिस ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना पराजित


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि पहिलो हार ब्यहोरेका छन् । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।

बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ३५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा