सरकारी एम्बुलेन्समा गाँजा तस्करी, भारतीय नागरिकसहित ३ जना पक्राउ « Khabarhub

सरकारी एम्बुलेन्समा गाँजा तस्करी, भारतीय नागरिकसहित ३ जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना पक्राउ परेका छन् ।

मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ घर भएका ३९ वर्षीय महमद अलिद, एम्बुलेन्समा सवार रौतहटको डुमरीय नगरपालिका–४ कै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुर घर भएका २२ वर्षीय बिनोद सहनी छन् ।

प्रहरीका अनुसार उनीहरुले एम्बुलेन्समा राखेर ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेका थिए ।

मकवानपुरको मनहरीबाट गाँजा लोड गरेको एम्बुलेन्सलाई हेटौंडातर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्गको नेवारपानीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : १८ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा