कुष्ठ रोगको कहर : प्रदेश २ मा छन् सबैभन्दा बढी बिरामी « Khabarhub

कुष्ठ रोगको कहर : प्रदेश २ मा छन् सबैभन्दा बढी बिरामी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठ रोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।

सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली तथा पहाडी जिल्ला अछाम कुष्ठ रोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।

विगत ९ वर्षको तथ्याङ्क हेर्दा वार्षिक ३ हजारको हाराहारीमा कुष्ठ रोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६७औँ विश्व कुष्ठ रोग दिवसका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा ३ हजार २८२ कुष्ठ रोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइएको छ ।

उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी १ हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७ सय १९, प्रदेश १ मा ४ सय ७१, सुदूरपश्चिम प्रदेशमा २ सय ६६, वाग्मती प्रदेशमा १ सय ६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठ रोगका नयाँ बिरामी पत्ता लागेका हुन् ।

यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या २ हजार ९ सय २१ रहेको महाशाखाअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिए । कुष्ठ रोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या १ लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।

कुष्ठ रोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठ रोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ ।

उपचार नगरेको कुष्ठ रोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताए ।

यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठ रोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन ।

कुष्ठ रोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनर्स्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : १२ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष