कोरोना भाइरस संक्रमणको आशंकामा एक अमेरिकी नागरिकलाई विमानस्थलबाटै टेकु पठाइयो « Khabarhub

कोरोना भाइरस संक्रमणको आशंकामा एक अमेरिकी नागरिकलाई विमानस्थलबाटै टेकु पठाइयो


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आएका एक जना अमेरिकन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै टेकुस्थित शुक्रराज अस्पताल पठाइएको छ ।

आइतबार चीन ट्रान्जिट हुँदै नेपाल आएका उनको विमानस्थलमा स्वास्थ्य परीक्षणका क्रममा ज्वरो आएको पाइएपछि कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पठाइएको हो ।

विमानस्थल स्रोतले खबरहबलाई दिएको जानकारी अनुसार उनी चीनमा ५ घण्टा ट्रान्जिट पछि नेपाल आएका हुन् ।

विमानस्थल स्रोतले खबरहबसँग भन्यो, ‘स्वास्थ्य परीक्षणका क्रममा उनलाई ज्वरो आएको पाइएपछि टेकु अस्पताल पठाएका छौं ।’

केही दिन अघि चीनबाट नेपाल आएका एक जना नेपाली नागरिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै विमानस्थलको हेप्थ डेस्कलाई प्रभावकारी बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा अन्य दुई जना नेपालीको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका  प्रवक्ता महेन्द्र श्रेष्ठले नेपालमा कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै पूर्व तयारीमा जुटेको बताए ।

‘हामीले चाइनाबाट आउने हरेक व्यक्तिको स्क्रीनिङ गर्दैछौं, चाइनाबाट आउने सबैको एर्पोटमै चेकजाँच हुन्छ, यस्तै पैदल आउने तातोपानी र रसुवाको कोरला नाकामा पनि हामीले विशेष व्यवस्थापन गर्ने तयार गिरेका छौं ।’

प्रवक्ता श्रेष्ठका अनुसार कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति चेकजाचको क्रममा भेटिएमा उनीहरुलाई सिधै अस्पताल लगेर विशेष निगरानीमा राखी कोरोना भाइरसको परीक्षण गरिने छ ।

‘एयरपोर्टमा कोरोना भाइरसको लक्षण देखिएको व्यक्ति भेटियो भने उसलाई हामी अरु मान्छेको सम्पर्कमा आउन नदिइ सिधै अस्पताल लैजाने व्यवस्था गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘अस्पतालमा लगेर कोरोना भाइरस छ छैन परीक्षण गरेर, यदि रहेछ भनेर कोरोना भाइरस नेगेटिभ नदेखिएसम्म अस्पतालमै निगरानीमा राख्छौं । यदि कोरोना भाइरस नेगेटिभ छ भने मात्र अस्पतालबाट जान दिन्छौं ।’

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : १२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद