वर्तमान शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै भयोः अध्यक्ष तिमिल्सिना « Khabarhub

वर्तमान शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै भयोः अध्यक्ष तिमिल्सिना


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा उनले अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको बताए ।

उनले भने , “शिक्षा लिएको हातमा प्रमाणपत्र छ तर कतै काम पाइँदैन ।” यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै उनले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आवश्यक रहेको बताए ।

“शिक्षा पढाइ मात्रै नभएर यसलाई व्यावहारिक जीवनमा समेत उतार्न सक्नुपर्छ”, उनले भने । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उनले बताए ।

सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विद्यालय २०२२ साल माघ १२ गते स्थापना भई सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ४५ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट