मुलुक नयाँ युगमा प्रवेश गरेको मुख्यमन्त्री राईको दावी « Khabarhub

मुलुक नयाँ युगमा प्रवेश गरेको मुख्यमन्त्री राईको दावी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा राईले मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका हुन् ।

‘यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो’, राईले भने ‘देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेको छ।’

प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई ‍उनले आग्रह समेत गरे ।

फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका थिए ।

खोटाङको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाको वडा नं १ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो ।

प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोत्सवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो ।

महोत्सवमा जैविक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गृहबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १४ बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै