राष्ट्रपति सुदूरपश्चिमको यात्रामा, स्वागतमा नगरपालिकाले दियो बिदा | Khabarhub Khabarhub

राष्ट्रपति सुदूरपश्चिमको यात्रामा, स्वागतमा नगरपालिकाले दियो बिदा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् ।

सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बैतडीको पाटनमा उनले सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उदघाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ । राष्ट्रपति आउने भएपछि पाटन नगरपालिकाले बिहीबार नगरभरि सार्वजनिक विदा दिएको छ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ ।

मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

आजै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई सोमबार नै जानकारी गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४४ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक