नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु आइतबार नेपाल आउने « Khabarhub

नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु आइतबार नेपाल आउने


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासानायके नेपाल आउने भएका छन् ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीम भैरहवा ग्लाडियटर्सको प्रशिक्षक समेत रहेका दासानायके आउँदो आइतबार काठमाडौं आइपुग्ने भएका हुन् । नेपाली क्रिकेट साइट क्रिकेटिङ्ग नेपालका अनुसार उनको नेपाल बसाइ लामो समय रहने छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चैत १ देखि १५६ गतेसम्म हुने ईपीएलमा उनले भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको भूमिकामा रहनेछन् ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले यसअघिका दुई संस्करणको उपाधि उचालिसकेको छ ।

पुबुदुले आफू नेपाल आउनका लागि उत्साहित रहेको जनाएको क्रिकेटिङ्ग नेपालले उल्लेख गरेको छ ।

उनले नेपाललाई सन् २०१४ मा बंङ्गलादेशमा सम्पन्न आईसिसि टी– २० विश्वकपसम्म पुर्याएका थिए ।

सन् २०१० को अन्त्यतिर पुबुदु पहिलो पटक नेपाली टोलीको प्रशिक्षकका रुपमा काठमाडौं आएका थिए । उनले नेपाललाई बिश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ देखि डिभिजन १ सम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

पुबुदुले पछिल्लो समय अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा थिए । तर, गएको जुलाईमा अमेरिकाको प्रशिक्षक पदबाट राजिनामा दिएपछि उनी ईपीएल टोली भैरहवाको प्रशिक्षकमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ०४ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर