बिरोध थेग्न नसकेपछि नेकपाको संविधान संसोधन कार्यदल भंग « Khabarhub

बिरोध थेग्न नसकेपछि नेकपाको संविधान संसोधन कार्यदल भंग


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गठन नै नभएको भनेर दावी गर्दै आएको नेकपाले अन्ततः माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ ।

नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका हुन् ।

‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएको थियो । तर जनस्तरबाट समेत यसको चौतर्फी विरोध भएपछि नेकपा निर्णय गरेको ४ दिनमै उक्त निर्णयबाट पछि हटेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४४ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ