‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार बने प्रथम | Khabarhub Khabarhub

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार बने प्रथम


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थी बीचको निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथमले स्थान हासिल गरेका छन् ।

परियार रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन।

निबन्ध प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत मनिता योङहाङले दोस्रो स्थान र सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुङ्गाका रामचन्द्र अधिकारीले तेस्रो स्थान हात पारेका छन् ।

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालभरबाट स्नातक तह र सोभन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीका निबन्धहरू समावेश गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः रु २५ हजार, २० हजार र १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।

विजयी प्रतियोगीलाई स्व.अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने संयोजक पाण्डेले बताए ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको गठन गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका