बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित « Khabarhub

बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ ।

बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ती दुई विधेयकलाई ‘पारित गरियोस्’ भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी बैठकले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मन्त्री भुसालले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परम्परागत बीउबिजनको संरक्षणमा सरकारले प्राथमिकता दिँदै आएको बताए ।

छलफलमा पुष्पा भुसाल, प्रेम सुवाल, राजनकुमार केसी र मीना सुब्बालगायतले भाग लिनुभएको थियो । संसद्को अर्को बैठक यही फागुन १५ गते मध्याह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन