ओलीले नेपाललाई भने- बामदेवलाई राष्ट्रियसभा सदस्य तत्काल होइन पछि बनाउँछौं « Khabarhub

ओलीले नेपाललाई भने- बामदेवलाई राष्ट्रियसभा सदस्य तत्काल होइन पछि बनाउँछौं


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई तत्काल राष्ट्रियसभामा पठाउन नसक्ने बताएका छन्।

बालुवाटारमा बुधबार साँझ वरिष्ठ नेता माधकुमार नेपालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीली नेता गाैतमलाई तत्काल राष्ट्रिसभामा पठाउन नसिकने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सचिवालय बैठक बस्नु अगाडि नै युवराज खतिवडाको नाम पठाइसकेको हुँदा बामदेवलाई अर्कोपटक मात्र राष्ट्रियसभामा पठाइने प्रधानमन्त्रीले नेता नेपालसँग कुरा गरेको स्रोतले बताएको हो ।

प्रधानमन्त्री ओलीले नेता नेपाललाई भएको कुराकानीलाई उद्धृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘बामदेवजीलाई राष्ट्रियसभा सदस्य बनाउने सैद्धान्तिक सहमति भएको हो, तर अहिले होइन पछि बनाउने हो।’

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालय बैठकको निर्णय विवादित बनेपछि वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए ।

नेकपाको आज बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै उक्त निर्णयप्रति असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद देखिएको छ ।

सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले संविधान संशोधनको काममा लाग्न नहुने धारणा राखेका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने