भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो « Khabarhub

भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघेको छ । एकै दिन १ सय २१ जनामा संक्रमण देखिएको छ ।

विहीबार विहानसम्म भारतमा संक्रमितको संख्या ६५७ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। बुधबार मध्य प्रदेशमा एकजनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र र केरल प्रभावित भएका छन्। महाराष्ट्रमा हालसम्म ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन्।

राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

भारतमा लगातार कोरोना पोजेटिभको संख्या बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेदेखि भारतभर २१ दिनका लागि लकडाउन लागू गरेका छन्। त्यसअघि जनना कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ४६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द