चैते नवरात्रि शुरु, यी ६ राशीको शुभ समय « Khabarhub

चैते नवरात्रि शुरु, यी ६ राशीको शुभ समय


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैत १२ गतेबाट चैते नवरात्रि शुरु भएको छ । चैत १९ गते अष्टमीका दिन चैते दशैं मनाएर नवरात्र सम्पन्न हुन्छ ।

यस अवधीमा गुरु अर्थात बृहस्पति ग्रहले आफ्नो राशी परिवर्तन गर्नेछ । बृहस्पती चैत १६ गते रातको ७ बजेर २३ मिनेटबाट मकर राशीमा प्रवेश गर्नेछ ।

वैदिक ज्योतिष अनुसार बृहस्पतीको यस राशी परिवर्तनलाई अनुकूल मानिन्छ । किनकी देव गुरु बृहस्पतीको दृष्टि अमृत समान मानिने गरिन्छ । बृहस्पती एक शुभ ग्रह हो र यसले अधिकाशं राशीलाई राम्रो परिणाम दिने गर्दछ । जान्नुहोस्, बृहस्पतीको यस राशी परिवर्तनले कुन कुन राशीमा राम्रो प्रभाव रहेको छ ?

१. मेष राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको सरुवा तथा बढुवाको योग रहेको छ । साथै धन वृद्धिको समय भएकाले समाजमा सम्मानित हुने समय रहेको छ ।

२. वृष राशी
बृहस्पतीको यस गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको सामाजिक जीवनमा धेरै प्रगति हुनेछ । अचानक पैतृक सम्पति प्राप्त गर्ने योग बनेर आएको छ ।

३. मिथुन राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुको अत्यधिक खर्च हुने समय आएको छ । साथै स्वास्थ्यमा समस्या देखिने र अनावश्यक खर्च गर्नुपर्ने हुनसक्छ ।

४. कर्कट राशी
बृहस्पतीको यस गोचरको प्रभावले कर्कट राशीका ब्यक्तिहरुको आम्दाी बढ्ने समय आएको छ । व्यापारमा गति प्राप्त हुने तथा दाम्पत्य जीवनमा राम्रो समय आउने समय छ ।

५. सिंह राशी
यस गोचरको प्रभावले सिंह राशीका ब्यक्तिहरुलाई खर्चमा बढोत्तरी हुने, स्वास्थ्य बिर्गने हुनसक्छ । यस अवधीमा सवारी साधनको प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्ने हुन्छ ।

६. कन्या राशी
बृहस्पतिको यस गोचरको प्रभावले कन्या राशीका ब्यक्तिमा केहि राम्रा र केहि नराम्रा दुबै मिश्रीत फल प्राप्त हुनेछ । आर्थिक स्थिति मजबूत हुने र प्रेम सम्बन्धमा सुधार आउने छ ।

७. तुला राशी
यस गोचरको प्रभावले तुला राशीका ब्यक्तिका लागी समय बलवान भएर आएको छ । सवत्र्र तपाईको चर्चा हुनेछ । साथै कुनै सम्पतीको जोहो गर्ने समय समेत छ ।

८. वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यस गोचरको प्रभावले यात्रा गर्नुपर्ने हुनसक्छ । शारीरिक कष्ट तथा आर्थिक चुनौति भोग्नुपर्ने भएकाले समय अनुकूल र प्रभावशाली दुबै रहन्छ ।

९. धनु राशी
यस गोचको प्रभावले यस राशीका ब्यक्तिमा खुसी, सम्पती प्राप्ती र धार्मीक पूजापाठ तथा शुभ कार्य हुने योग छ । समाजिक प्रतिष्ठामा वृद्धि भई वाणीमा प्रभाव बढ्नेछ ।

१०. मकर राशी
बृहस्पतिको यस गोचरको प्रभावले मकर राशीका ब्यक्तिका लागी यो कुनै पनि निर्णय लिनका लागी उचित समय रहेको छ । पारिवारिक जीवनमा खुसी बढ्ने समय आएको छ ।

११. कुम्भ राशी
बृहस्पतिको यस गोचरको प्रभावले यस राशीका ब्यक्तिमा शारीरिक अवस्थामा समस्या आउन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला, अन्यथा बिरामी पर्न सकिनेछ ।

१२. मीन राशी
मकर राशीमा बृहस्पतीको गोचरको प्रभावले यस राशीका ब्यक्तिहरुमा राम्रो समय आएको छ । पारीवारीक जीवनका लागी अनुकूल समय रहेकाले नाता निभाउन उचित समय रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : ४९ बजे

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका