कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग « Khabarhub

कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न १० लाख युरो आर्थिक सहयोग गरेका छन् ।

उनले अर्जेन्टिनाको रोसारियो अस्पताल र बार्सिलोनामा रहेको अस्पताललाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

मेस्सीले १० लाख युरो कोभिड १९ विरुद्ध खर्च गर्ने घोषणा गरेको इएसपीएन एफसीले जनाएको छ । विश्वभर फैलिइसकेको कोरोना संक्रमणको त्रास जारी रहँदा होम क्वारेन्टाइनमा रहेका मेस्सीले सहयोग गरेका हुन् ।

यस्तै, लिभरपुलका प्रशिक्षक पेप ग्वाडिओलाले पनि १० लाख युरो कोरोनाविरुद्ध खर्च गर्नेगरि दुई अस्पतालमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले मेडिकल कलेज अफ बार्सिलोना र एन्जल सोलेर ड्यानीयल फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् ।

यसअघि स्वीडेनका जाल्टन इब्रामोभिचले इटालीका कोरोना पिडीतको उपचारका लागि कोष नै स्थापना गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना