कोरोना भाइरसबाट सार्क राष्ट्रमा ३१ को मृत्यु, भारत सबै भन्दा बढी प्रभावित « Khabarhub

कोरोना भाइरसबाट सार्क राष्ट्रमा ३१ को मृत्यु, भारत सबै भन्दा बढी प्रभावित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ३१ जनाको मृत्यु भएको छ ।

१५ दिनअघिसम्म कोरोना भाइरसको संक्रमण नै नदेखिएका सार्क मुलुकमा दुई सातायता ३१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सार्कका पनि भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका नागरिक छन् ।

दक्षिण एसियाली मुलुकहरुमा मृतकको संख्याका आधारमा सबै भन्दा बढी भारत प्रभावित भएको छ भने संक्रमितका आधारमा पाकिस्तानमा बढी असर देखिएको छ ।

भारतीय सञ्चारमाध्यहरुका अनुसार बिहिबार अपरान्ह १ बजेसम्म भारतमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । करिव ७ सय मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित भएकाहरु मध्ये ४३ जना निको भएका छन् । कोरोना भाइरसको संक्रमण ब्याप्त भएपछि भारतले मंगलबार मध्यराति देखि २१ दिनको लकडाउन घोषणा गरेको छ ।

भारतपछि सबैभन्दा बढी पाकिस्तानमा ८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा संक्रमित हुनेको संख्या भने सार्क राष्ट्रकै सबैभन्दा बढी छ ।

त्यहाँ ११ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये छ जना सिकिस्त अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमितहरुको संख्या पनि दिनदिनै बढ्दै गएको छ । पाकिस्तानमा बिहिबार थप ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि पाकिस्तानले आन्तरिक हवाई उडान समेत बन्द गरिसकेको छ ।

कोरोना भाइरसका कारण सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा बढी प्रभाव पार्ने मूलुकको तेस्रो नम्बर सूचिमा बंगलादेश छ ।

बंगलादेशमा बिहिबार अपरान्हसम्म ५ जनाको मृत्यु भएको छ । ३९ जनामा संक्रमण देखिएको छ ।

यस्तै अफगानिस्तानमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ८४ जना संक्रमित देखिएका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट सार्क मुलुकमा श्रीलंकामा ज्यान गुमाउनेको संख्या शुन्य नै रहे पनि संक्रमितको संख्या भने १ सय २ पुगेको छ ।

तीन जना निको भएर घर फर्किए पनि २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।

यस्तै माल्दिभ्समा १३ जनाको संक्रमण देखिएको छ भने नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक जना निको भएर २ महिना अघि नै घर फर्किए पनि दुई जनाको उपचार जारी छ ।

सार्क राष्ट्रमा सबैभन्दा कम असर परेको मुलुकमा भुटान छ । त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म २ जना मात्र संक्रमित भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : ३० बजे

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२