आजपनि किटानाशक औषधि सार्वजनिक स्थलमा छर्किदै महानगर « Khabarhub

आजपनि किटानाशक औषधि सार्वजनिक स्थलमा छर्किदै महानगर


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौं महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ ।

यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरेको महानगरले जनाएको छ । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल,लाजिम्पाट र पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।

४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उनले बताए ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन/निस्संक्रामक औषधी छर्किएको थियो ।

यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको महानगरले जनाएको छ ।

उनले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताए ।

‘आज बिहान आज ४ हजार लिटर क्षमताको जेट मेसिनले मख्नबाटसुरु गरेर बसन्तपुर हुँदै लगन पुर्याएको छ । अर्को जेट मिसिन बानेश्वरहुँदै विमानस्थलसम्म पुगेको छ भने तेस्रोले महाराजगञ्जलगायतका स्थानमा काम गरेको छ,’ उनले भने, ‘अब साना सात ओटा ट्याङ्करसहित महानगर क्षेत्र भित्रका भीडभाड हुने स्थानमा जान्छौँ । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गर्नेछन् ।’

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : ५३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम