भारतको जम्मू कश्मीरमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु « Khabarhub

भारतको जम्मू कश्मीरमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारत प्रशासित जम्मू कश्मीर युनियन टेरिटोरीमा पहिलो पटक एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जम्मू कश्मीरको हैदरपोरा क्षेत्रमा एकजना ६५ वर्षे व्यक्तिको मृत्यु भएको श्रीनगरका मेयर जुनैद आजम मत्तुले ट्वीटमार्फत् जनाएका छन् ।

मृतकको सम्पर्कमा रहेका अरु ४ जनालाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतको कर्णाटक र राजस्थान राज्यमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्णाटकमा ७० वर्षे बृद्धाको मृत्यु भएको हो भने राजस्थानमा कोरोना भाइरसका कारण ७३ वर्षे बृद्धको मृत्यु भएको हो ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतमा अरु ६५० जनाभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित छन् ।

कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको भएपनि भारतमा हरेक दिन नयाँ नयाँ संक्रमितहरु देखिदै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ३५ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध