कोरोनाभाइरसको असर : नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित | Khabarhub Khabarhub

कोरोनाभाइरसको असर : नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जानकारी दिएको हो ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो ।

आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ ।

यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।

आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछि नै घोषणा हुनेछ । यस्तै लिग–२ अन्तर्गतकै पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज समेत स्थगित भएको छ । सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहको थियो ।

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो ।  नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ४९ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित