कोरोनाभाइरसको असर : नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित « Khabarhub

कोरोनाभाइरसको असर : नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जानकारी दिएको हो ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो ।

आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ ।

यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।

आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछि नै घोषणा हुनेछ । यस्तै लिग–२ अन्तर्गतकै पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज समेत स्थगित भएको छ । सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहको थियो ।

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो ।  नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ४९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले