कोरोनका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई « Khabarhub

कोरोनका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न आग्रह गरे ।

भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको सङ्क्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ ।’

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए ।

त्यस्तै कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री राईले बताए ।

‘सङ्क्रमित सङ्ख्या बढ्दै गएको भए पनि डराउनुपर्ने अवस्था छैन, प्रदेश सरकार आफैंले कोरोना भाइरसको छुट्टै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमी हुनेछैन,’ मन्त्री राईले भने ।

कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए। उनले भने, ‘प्रदेश सरकारले स्थानीय तहमा राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ ।’

राहतका लागि प्रदेश सरकारले रु नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी मुख्यमन्त्री राईले बताए । यो रकमबाट महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकाकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २८ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे