भक्तपुरका एक हजार विपन्न परिवारलाई राहत वितरण « Khabarhub

भक्तपुरका एक हजार विपन्न परिवारलाई राहत वितरण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनले खानपिनमा समस्या भइरहेका भक्तपुरका एक हजार परिवारलाई राहत वितरण गरिएको छ ।

योयो बैंक्वैट र मानवीय आस्था नेपालले शनिबार स्थानीय अतिविपन्न एक हजार परिवारलाई राहत वितरण गरेको छ ।

सूर्यविनायक, पाण्डुबजार, घलाते, दार्जलिङ हाइटलगायतका स्थानीय गरीब तथा अतिविपन्न ६०० परिवारलाई योयो बैंक्वैटबाट राहत वितरण गरिएको बैंक्वैटका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

त्यसैगरी सिपाडोल क्षेत्रका ४०० परिवारलाई वाग्मती क्लबबाट राहत वितरण गरेको जानकारी दिँदै उहाँले प्रतिपरिवार एक हजार रुपैयाँ बराबरको चालम, दाल, नुन, मस्यौरा र तेल राहत दिएको जानकारी दिए ।

धेरैजस्तो मजदुर घर फर्किसकेको र घर फर्कन नपाएका र यतै बस्ने मजदुर, गरिब तथा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

मानवीय आस्था नेपालले अहिलेसम्म भक्तपुरमा पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको र दैनिक सडक मानव, भोकै बसेका अहिलेसम्म १० हजारभन्दा बढीलाई खाना खुवाएको मानवीय आस्था नेपालका दिनेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न