लकडाउनले रोकिए गौरवका सडक आयोजना « Khabarhub

लकडाउनले रोकिए गौरवका सडक आयोजना


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको काम सुरु हुन सकेको छैन । गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

बैतडीको सतबाँझदेखि हाटसम्म १ सय किलोमिटर रहेको उक्त सडकको हाल १४ किलोमिटरमा कालोपत्रको लागि अनुमानित रु ५० करोडको बोलपत्र आह्वान गरिएको थियो । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रका लागि रु २० करोड र र श्रीभावरदेखि ८ किलोमिटर कालोपत्रका लागि रु २८ करोडको सूचना प्रकाशित भएको थियो ।

बहुवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य रहेको भएपनि अब लक्ष्यअनुसार काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए । उनले भने, ‘भौतिक पूर्वाधारको कामको प्रगति हुने बेला बन्दाबन्दीले गर्दा सबै ठप्प छ, समयमै काम सक्न गाह्रो छ ।’

महाकाली कोरिडोरको काम पनि प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुदैँ टिङ्करसम्म जोड्ने उक्त प्रदेश गौरव योजनाको काम प्रभावित भएको हो ।

बन्दाबन्दीले गर्दा सबै काम ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताए । दार्चुलामा कार्यालय रहेको यस आयोजनामा दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न छ ठेकेदारलाई जिम्मा दिएर खण्ड खण्डमा काम भइरहेको थियो । व्यवसायी र मजदुर आफ्ना घरतिर लागेकाले काम हुन सक्ने अवस्था छैन । कञ्चपुरदेखि दार्चुलाको तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति भएपनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताए । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँगको सम्झौता यसै वर्ष सकिन लागेकाले अब नयाँ सम्झौताको पनि तयारी हुँदैछ ।

उक्त योजनाको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।

कोरिडोर सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्छ । कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्रयाक खोलिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : ३२ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र