अझै तीन दिन मौसम सुधार नहुने, अविरल वर्षाले तनहुँका दुई दर्जन घर जोखिममा « Khabarhub

अझै तीन दिन मौसम सुधार नहुने, अविरल वर्षाले तनहुँका दुई दर्जन घर जोखिममा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले अरु तीन दिनसम्म मौसममा सुधार नहुने जनाएको छ ।

देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताइन् ।

उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे भइरहेको वर्षाको यो क्रम आउँदो मंगलबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

यसैबीच तनहुँमा केही दिनदेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।

व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्‍याउँदा जोखिममा परेका हुन् ।

व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पुर्‍याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् ।

बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ । बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पुर्‍याएकाले क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पहिरोले बन्दै गरेको घरमा समेत क्षति पुर्‍याएको व्यास नगरपालिका–१ का ध्रुव बस्नेतले जानकारी दिए ।

बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पुर्‍याएको उनले बताए ।

पहिरोपीडित बासिन्दाले जथाभावी प्लटिङ गर्ने कार्य तत्काल रोक्न स्थानीय सरकारले पहल गर्नपर्ने माग राखेका छन् ।

यस्तै पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ । बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उनले जानकारी दिए ।

मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताए ।

सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए ।

गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहुँदा अहिले पहिरो खसेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : १४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको