अविरल वर्षाका कारण दुई दर्जन बढी घर जोखिममा | Khabarhub Khabarhub

अविरल वर्षाका कारण दुई दर्जन बढी घर जोखिममा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्‍याउँदा जोखिममा परेका हुन् ।

व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पुर्‍याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ ।

बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पुर्‍यराएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

पहिराले बन्दै गरेको घरमा समेत क्षति पुर्‍याएको व्यास नगरपालिका–१ निवासी घरधनी धु्रव बस्नेतले जानकारी दिए । बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पुर्‍याएको उनले बताए । पहिरोपीडित बासिन्दाले जथाभावी प्लाटिङ गर्ने कार्य तत्काल रोक्नका लागि स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नपर्ने उनीहरुले माग राख्दै आएका छन् ।

त्यसैगरी पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ । बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडिपट्टि पर्ने ती घरको भतेरीपट्टिको भागमा करिब ५० मिटर लामो पहिरो गएपछि ती घर सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताए ।

सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए। गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहुँदा अहिले पहिरो खसेको हो ।

चट्याङले एफएममा क्षति

यसबीच शुक्रबार साँझ परेको चट्याङले तनहुँको डुम्रे बजारमा सञ्चालित रेडियो बन्दीपुरलाई क्षति पुगेको छ । बन्दीपुर गाउँपलिका–४ बन्दीपुरस्थित रेडियोको टावरमा चट्याङ पर्दा टान्समिटर, युपीएस, ब्याट्रीलगायत क्षति भएको छ । चट्याङबाट करिब रु १५ लाख बराबरको नोक्सान भएको रेडियोका प्रबन्ध निर्देशक विजयकुमार कार्कीले जानकारी दिए ।

असिनाले बर्खे फलफूलमा क्षति

त्यसैगरी केही दिन जिल्लाको ऋषिङ गाउँपालिकामा अहिलेसम्मको ठूलो असिना पर्दा बर्खे फलफूलमा क्षति पुगेको छ । खेती लगाउने समय हुँदै गरेकाले अन्य क्षति हुन नपाएको ऋषिङ गाउँपालिका कार्यालयले जनाएको छ ।

असिनाका कारण पलाउँदै गरेको डालेघाँस र बर्खे तरकारी आरु, नास्पति, निबुवा, कागती, रुखकटहरलगायत फलफूलमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गाउँपालिकाभित्र फलफूल तरकारीमा पुगेको क्षतिको तथ्याङ्क लिने काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ०२ बजे

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको