सीमावर्ती भारतीय क्षेत्रमा २ सय भन्दा बढी नेपाली स्वदेश फर्कने आसमा | Khabarhub Khabarhub

सीमावर्ती भारतीय क्षेत्रमा २ सय भन्दा बढी नेपाली स्वदेश फर्कने आसमा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् ।

झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

“कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भने , “स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०/६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उनले बताए ।

उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

“सीमा क्षेत्रमा नेपाली रहेका छन्, उनीहरुलाई ल्याउने पहल भइरहेको छ”, उनले भने , “त्यसका लागि पूर्वतयारीअनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।” एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताउनुभयो । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउँछन् ।

यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।

यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : १९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका