नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमान « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमान


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमानसहित सोही अनुसारको तयारी गर्न थालेको छ ।

संक्रमितको संख्या ५ हजार सम्म पुग्ने नयाँ अनुमान गर्दै सरकारले त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाएको बीबीसी नेपाली सेवाले जनाएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि सरकारले स्वीकृति दिएको छ। अहिलेसम्म ५१ हजार ६४२ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।

अहिले मौज्दात रहेका स्वास्थ्य सामग्रीबाट अरू ५० हजारभन्दा बढीको परीक्षण गर्न सक्ने अवस्था नभएपछि स्वास्थ्य सामग्री खरिदको प्रकिया अघि बढाइएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेललाई गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ४९ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६