कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे « Khabarhub

कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् ।

कपिलवस्तु नगपालिका–४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जना मध्ये ३५ जना भागेका हुन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताए ।

उनले प्रदेश र केन्द्र सरकारले वेवास्ता गर्दाक्वारेन्टाइमा भएका व्यक्तिहरु व्यवस्थापना गर्न नसकिएको बताए ।

‘क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा सत्य हो,’ नगर प्रमुख सिंहले भने, ‘एउट नगर प्रमुखले मात्र के गर्न सक्छ, न प्रशासनको सहयोग छ, न प्रदेश, केन्द्र सरकारको सहयोग छ । क्वारेन्टाइन बसाइ सकिन लाग्दा पनि कोरोना परीक्षण गर्न पाउँदैनन् अनि मान्छे नभागेर के गर्छन् त ।’

उनले आफुहरुको गाउँपालिकामा क्वारेन्टाइमा रहेकाहरुको कोरोना परीक्षण गर्न प्रदेश र केन्द्र सरकारमा भनेपनि कोरोना परीक्षणका लागि किट न नआएको बताए ।

‘मैले आफैले बल्लबल्ल केही किट ल्याए, हामीसँग स्वास्थ्यकर्मी छैनन्,’ नगर प्रमुख सिंहले भने, ‘प्रदेश र केन्द्र सरकारलाई स्वास्थ्यकर्मी पठाइदिनु भने तर सरकारले सुनेन । समयमा कोरोना चेकजाँच हुँदैन, मानिसहरु आत्तिन्छन् अनि भाग्छन् ।’

उनले कोरोना क्वारेन्टाइमा रहेकाहरुको अतिपयको रिपोर्ट नै समयमा नआएको र कतिपयको कोरोना परीक्षण नै हुन नसकेको गुनासो गरे ।

कपिलवस्तु नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका एक अहेवका अनुसार गाउँपालिकामा भित्र क्वारेन्टाइनहरु स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसारका छैनन् ।

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।

उनले भने, ‘उनीहरुलाई स्कुलमा राख्ने काम मात्र भयो । सेवा सुविधा केही छैन । एकदिन म गएको थिएँ । नियमित स्वास्थ्यकर्मी पनि त्यहा हुँदैनन् । क्वारेन्टाइमा समस्या नै समस्या छ ।’

समयमा कोरोना परीक्षण पनि नकपिलवस्तु नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका एक अहेवका अनुसार गाउँपालिकामा भित्र क्वारेन्टाइनहरु स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसारका छैनन् ।

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।

उनले भने, “उनीहरुलाई स्कुलमा राख्ने काम मात्र भयो, सेवा सुविधा केही छैन, एकदिन म गएको थिए, नियमित स्वास्थ्यकर्मी पनि त्यहा हुँदैनन्, क्वारेन्टाइमा समस्या नै समस्या छ, समयमा कोरोना परीक्षण पनि नभएपछि उनीहरु भागेका रहेछन् ।भएपछि उनीहरु भागेका रहेछन् ।”

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : १३ बजे

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर– सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन