कोरोना भाइरस, बजेट र सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक « Khabarhub

कोरोना भाइरस, बजेट र सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन्।

बैठक अपरान्ह पाँच बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले नयाँ नक्सा जारी गरेपछि नक्सा कार्यान्वयनमा ल्याउन संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव, सीमा विवाद हल गर्न चाल्नुपर्ने कदम, आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलगायतका विषयमा छलफल हुनेछ ।

सरकारले अतिक्रमित भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेको छ। निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्ताव पनि दर्ता गरेको छ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाएपछि सरकारले नयाँ नक्सा सार्वजनिक गर्‍यो । यो नक्सालाई कार्यान्वयनमा ल्याउन र सीमा विवाद उच्चस्तरीय कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुझाव दिएको छ ।

आजको सर्वदलीय बैठकमा यिनै विषयले प्राथमिकता पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा कोरोना भाइरस कोभिड १९ रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन, यसको व्यवस्थापन, फैलँदो संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : २४ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक