कोरोना भाइरस, बजेट र सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक | Khabarhub Khabarhub

कोरोना भाइरस, बजेट र सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन्।

बैठक अपरान्ह पाँच बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले नयाँ नक्सा जारी गरेपछि नक्सा कार्यान्वयनमा ल्याउन संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव, सीमा विवाद हल गर्न चाल्नुपर्ने कदम, आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलगायतका विषयमा छलफल हुनेछ ।

सरकारले अतिक्रमित भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेको छ। निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्ताव पनि दर्ता गरेको छ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाएपछि सरकारले नयाँ नक्सा सार्वजनिक गर्‍यो । यो नक्सालाई कार्यान्वयनमा ल्याउन र सीमा विवाद उच्चस्तरीय कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुझाव दिएको छ ।

आजको सर्वदलीय बैठकमा यिनै विषयले प्राथमिकता पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा कोरोना भाइरस कोभिड १९ रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन, यसको व्यवस्थापन, फैलँदो संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : २४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित