गाउँपालिका भित्रने प्रत्येक नाकामा टोली परिचालन « Khabarhub

गाउँपालिका भित्रने प्रत्येक नाकामा टोली परिचालन


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ ।

कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए ।

वडानम्वर १ को बुटार, २ को गोर्दी तारपुल, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ ।

वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौलीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए । वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटेमा गरी चार ठाउँमा टोली बसेका छन् । त्यस्तै वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा छन् ।

टोलीले पालिकाभित्र आउजाउ गर्ने व्यक्तिको तथ्याङ्क संकलन गर्ने उनको भनाइ छ । उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटिने उक्त टोलीले पालिका प्रवेश गर्ने नयाँ व्यक्तिको ज्वरो नाप्ने र सम्बन्धित वडासँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न सहजीकरण गर्नेछन् ।

एउटा पुलमा तीन जनाको टोली खटिने जानकारी गराउँदै रानाले नाकामा खटिएका टोलीलाई खाजा खर्च वापत दिनको एक सय रुपैया उपलब्ध गराइने बताए ।

भारतलगायत अन्य देशमा रहेका गाउँपालिकाका मान्छेहरुको तथ्याङ्क संकलनको काम पनि भइरहेको उनले जानकारी गराए । बाहिरबाट पालिका भित्रिने जो कोहीलाई पनि निश्चित अवधिभर क्वारेन्टाइनमा राखिने उनले बताए । लकडाउनका कारण पठनपाठन ठप्प भएकाले शिक्षकलाई पनि खटाइएको उनको भनाइ छ ।

धादिङको रोराङ, चितवनको इच्छाकामना र गोरखाको शहीद लखन गाउँपालिकासँग गण्डकी गाउँपालिकाको सिमाना जोडिएका छन् । सोही सिमानामा रहेका झोलुङ्ग पुलहरुमा टोली परिचालनन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै