महिनावारी हुँदा छाउगोठमा राख्ने अवस्था अन्त्य गर्छौँ : मन्त्री गुरुङ « Khabarhub

महिनावारी हुँदा छाउगोठमा राख्ने अवस्था अन्त्य गर्छौँ : मन्त्री गुरुङ


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक कलंकको रूपमा रहेको छाउगोठ हटाएरै छाड्ने उद्घोष गरेका छन् ।

महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने अमानवीय कार्य सामाजिक कलंक भएको उल्लेख गर्दै मन्त्री गुरूङले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने बताए ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित ‘लैंगिक हिंसा र मर्यादित महिनावारी’ विषयक अन्तर्राष्ट्रिय स्तरको भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरूङले छाउगोठ लगायतका सामाजिक कलंक हटाउदै मर्यादित महिनावारीको मान्यता स्थापित गर्न सरकार लागिपरेको प्रष्ट पारे ।

समाजमा विद्यमान छाउगोठ जस्ता सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नीतिगत, कानूनी र कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने उनको भनाइ छ ।

उक्त भर्चुअल बैठकमा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति नीरु देवी पालले सरकारले छाउपडी प्रथाजस्तो सामाजिक कलंकको अन्त्यका लागि मर्यादित महिनावारी अवधारणाअघि सारेर सामाजिक कुरीति र अन्धविश्वास अन्त्यका लागि महत्वपूर्ण अभियान संचालन गरेको भन्दै खुशी व्यक्त गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिनावारीलाई मर्यादित बनाउन सरकारले महिलाहरुकै अग्रसरतामा खुला बहसको थालनी गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : २७ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा