‘संविधान संशोधनमा मधेशकेन्द्रित मुद्दा पनि समेटिनुपर्छ’ « Khabarhub

‘संविधान संशोधनमा मधेशकेन्द्रित मुद्दा पनि समेटिनुपर्छ’


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनमा आफूहरूले विगतदेखि उठाउँदै आएका एजेण्डाहरू समावेश हुनुपर्ने माग राखेको छ ।

नयाँ नक्सा जारी भएपछि हुन लागेको संविधान संशोधनमा मधेश केन्द्रित एजेण्डाहरु समावेश हुनुपर्ने जनता समाजवादीले माग राखेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलवार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा जनता समावदी पार्टीका नेताहरूले सुगौली सन्धि अनुसारको भूमि नेपालको हो भन्ने कुरामा आफूहरूको फरक मत नरहेको तर, संविधान संशोधन गर्दा आफूहरूका मागलाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय एकता प्रधानमन्त्रीले भनेजस्तो मात्र नहुने जनता समाजवादीका नेता उपेन्द्र यादवले बताए । सीमा विवादमा सरकारको साथमा रहेको जिकिर गर्दै मधेसकेन्द्रित दलहरुले साथसाथै यही संविधान संशोधनकै क्रममा आफ्ना एजेन्डाहरुलाई पनि समावेश गर्नुपर्ने माग गरेका हुन् ।

बैठकमा जनता समाजवादी दलका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर र शरद्सिंह भण्डारीलगायत सहभागी थिए।

बैठकमा मधेसकेन्द्रित नेताहरुले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनुपर्नेमा आफ्नो दुई मत नरहेको तर संविधान संशोधनका लागि आफ्ना अन्य महत्त्वपूर्ण एजेन्डा रहेको र ती एजेन्डा यसैपटक संशोधनमा पार्नुपर्ने जिकिर गरेका थिए।

बैठकपछि उपेन्द्र यादवले भने, ‘मधेसी दलहरुले आफ्ना एजेन्डाका लागि आन्दोलन गरेको र यो आन्दोलनको उपलब्धिस्वरुप हाम्रा माग संविधान संशोधनमा पार्नुपर्ने बतायौँ।’

उनले थपे, ‘मधेसमा मधेसीका मात्रै मुद्दा छैनन्, थारुका मात्र मुद्दा छैनन्, सबै नेपालीका मुद्दा छन्, त्यसैले संविधानमा भएका कमीकमजोरी सच्चाएर संशोधन गर्नुपर्छ।’

यादवले राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्ने तर त्योसँगसँगै अन्य तत्त्व पनि महत्त्वपूर्ण रहेको जिकिर गरे।

बैठकपछि पूर्वप्रधानमन्त्री भट्टराईले भौगोलिक एकतामा आफ्नो दुईमत नरहेको उल्लेख  गरे । उनले भने, ‘मधेसी, मुस्लिम, थारुलगायत पिछडिएका समुदायलाई सरकारलाई हातमा लिनुपर्छ ।’

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : १० बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न