ब्राजिलमा कोरोनाले एकैदिन १ हजार बढीको मृत्यु, ४० हजार बढी थपिए « Khabarhub

ब्राजिलमा कोरोनाले एकैदिन १ हजार बढीको मृत्यु, ४० हजार बढी थपिए


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार विहान यो समाचार तयार पार्दासम्म ब्राजिलमा ५५ हजार ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म १२ लाख ३३ हजार १४७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ लाख ४९ हजार ९०८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप १ हजार १८० जनाको  कोरोनाले ज्यान गएको छ । संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ९० हजार ९३३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ९६ लाख ९९ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५२ लाख ५१  हजार १०९ जना कोरोनाको सफल उपचारपछि निको भएर घर फर्किएका छन्  ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ३६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले