अस्पतालको बेडमा सुतेकी महिलालाई ‘किस’ गर्न खोजेपछि … « Khabarhub

अस्पतालको बेडमा सुतेकी महिलालाई ‘किस’ गर्न खोजेपछि …


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – अस्पतालको बेडमा सुतेकी महिलालाई किस गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

विराटनगर–७ स्थित कोशी अस्पतालको महिला मेडिकल वार्डमा बिरामी कुरुवा बसेकी महिलालाई चुम्बन गर्न खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ पर्नेमा कटहरी गाउँपालिका, वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार मण्डलले बुधवार राति साढे ३ बजे अस्पतालको बेड नम्बर २०२ मा रहेकी महिलालाई चुम्बन गर्ने प्रयास गरेका थिए ।

अहिले ती युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : १३ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने