लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ : गृहमन्त्री थापा « Khabarhub

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ : गृहमन्त्री थापा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् ।

प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिएका छन् ।

कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उनले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भनेका छन् ।

लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो । आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

नेपालमा पनि वर्षेनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरुपमा यो दिवस मनाउने गरिएकोमा कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने सन्दर्भमा यो वर्ष दिवसका औपचारिक कार्यक्रम गर्न नसकिएको गृहमन्त्रालयले जनाएको छ ।

यद्यपि कोभिड–१९ को सङ्क्रमणबाट लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा संलग्नमा समेत ठूलो प्रभाव परेका कारण महामारीबाट सुरक्षित रहँदै लागुऔषध दुरुपयोग र यसको कारोवार नियन्त्रणका कार्य भइरहेको मन्त्री थापाले बताएका छन् ।

मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा निरन्तर सहजीकरण भइरहेको सन्देशमा उल्लेख छ ।

मन्त्री थापाले सन्देशमा मन्त्रालयले प्रतिकूल अवस्थामा लागुऔषध कारोवारमा संलग्नले नयाँ मार्ग र विधिको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको उल्लेख गरेका छन् । यसको अझ प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास भने अपरिहार्य छ ।

नेपालमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने कुरालाई मध्यनजर गरी नेपाल सरकारले यसै वर्ष नेपाल लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरिसकेको छ ।

दिवसको अवसरमा लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणको कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै यसको नियन्त्रणमा साझा जिम्मेवारी रहेकोसमेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : ०८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र