नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ११ः२० मा शुरु भएको हो। बुधबार दुई अध्यक्षले धारणा राखेर सुरु गरिएको सो बैठकमा शुक्रबार अन्य नेताहरुले बोल्ने कार्यक्रम छ।

बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल हुनेछ ।

यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डा तय गरेको छ । जसमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

बैठकमा यीनै एजेण्डमाथि छलफल हुनेछ। यसैगरी बैठकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषयमा समेत छलफल हुनेछ ।

एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो ।

कार्यदलले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : ४८ बजे

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत

एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण 

काठमाडौं– चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि